नेपालमा अस्थिरताको मुख्य कारण कांग्रेस : शंकर पोखरेल

नेपालभ्युज

नेपालमा अस्थिरताको मुख्य कारण कांग्रेस : शंकर पोखरेल

सुर्खेत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेसले विभिन्न आन्दोलन र क्रान्तिप्रति धोका दिँदै आइरहेको आरोप लगाएका छन् ।

बिहीबार एमाले सुर्खेत जिल्लाको नवौं अधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

बिपी कोइरालाको कम्युनिष्ट पार्टीसँग सहकार्य नगर्ने मान्यताका कारण नै पञ्चायत ३० वर्षसम्म रहनुको कारण बनेको पोखरेलको भनाई छ । ‘बिपीका कारण पुष्पलालका नीतिहरू उहाँको जीवनकालसम्म लागु हुन सकेनन् ।’ उनले भने, ‘कम्युनिष्टहरूलाई लडाएर लाभ कसरी लिन सकिन्छ ?  भन्नेतर्फ नै कांग्रेस अग्रसर रहेको छ ।’

नेपालको राजनीति अस्थिर हुनुको कारण कांग्रेस भएको पोखरेलले बताए । ‘विचारका आधारमा होइन, स्वार्थका कारण राजनीतिक गर्ने काम गरिरहेको छ ।’ उनले उनले भने, ‘जनताको जीवन परिवर्तन ल्याउनका लागि भूमिका खेल्न एमाले तयार हुनुपर्ने छ ।’

विचार नमिल्ने स्वार्थ केन्द्रीत गठबन्धनले गर्दा जनतामा निराशा बढिरहेको पनि उनले बताए ।

पोखरेलले अहिले समान विचार बोक्नेहरूका बीचमा सहकार्य गर्ने गरी अगाडि बढाउनुपर्छ भनेर नयाँ गठबन्धन बनेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved