ठमेल र दरबारमार्गका बजार अब २४ सैं घण्टा खुल्ने, यस्तो छ गृहमन्त्रीको तयारी

नेपालभ्युज

ठमेल र दरबारमार्गका बजार अब २४ सैं घण्टा खुल्ने, यस्तो छ गृहमन्त्रीको तयारी

काठमाडौं । पोखरापछि काठमाडौं र ठमेल बजार पनि २४ सैं घण्टा खुलाउने तयारी भएको छ ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैं घण्टा खुलाउने तयारी भएको हो ।

सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय (काठमाडौं)ले लिने र जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने कार्य सुरु भएको गृह प्रशासनले जनाएको छ ।

‘ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्ने बताइएको छ ।

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ ।
सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved