माओवादी केन्द्रको दुई अभियान स्थगित

नेपालभ्युज

माओवादी केन्द्रको दुई अभियान स्थगित

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले दुई अभियान स्थगित गरेको छ ।

मंगलबार बसेको पदाधिकारी बैठकले तराई–मधेस जनजागरण अभियान (हुलाकी राजमार्ग केन्द्रित) र हिमाल–पहाड–तराई–मधेस राष्ट्रिय एकता अभियानका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

अभियानका लागि पर्याप्त तयारी नपुगेको कारण स्थगित गरिएको एक नेताले जानकारी दिए । नयाँ मिति भने तोकिएको छैन ।

यसअघि तराई मधेस जागरण अभियान चैत १५ देखि चैत मसान्तसम्म सञ्चालन गर्ने निर्णय भएको थियो भने हिमाल–पहाड–तराई–मधेस राष्ट्रिय एकता अभियान वैशाख १५ देखि वैशाख मसान्तसम्म सञ्चालन गर्ने तयारी थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved