महिला क्रिकेट टिमको पहिलो कप्तान थापाको सन्यास घोषणा

नेपालभ्युज

महिला क्रिकेट टिमको पहिलो कप्तान थापाको सन्यास घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय टोलीकी पहिलो कप्तान नेरी थापाले सन्न्यासको घोषणा गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले १७ वर्ष लामो क्रिकेट यात्रामा साथ दिनेलाई धन्यवाद दिँदै सन्न्यास लिएको घोषणा गरेकी हुन् ।

‘आज म मेरो रिटायरमेन्ट घोषणा गर्दैछु राष्ट्रिय/अन्तर्राष्ट्रियबाट। क्रिकेट क्यारियरमा सकरात्मक र नकारात्मक पक्षहरूको साथ अविश्वसनीय १७ वर्षको उत्कृष्ट यात्रा थियो। मेरो यात्रामा मलाई साथ दिने र उत्प्रेरित गर्ने सबैलाई म धन्यवाद दिन्छु।’ थापाले भनिन् ।

थापाको कप्तानीमा नेपालले सन् २००७ मा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लिएको थियो । यो नै नेपालको पहिलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता थियो।

थापाको कप्तानीमा नेपाल एसीसी वुमन्स प्रतियोगिताको फाइनलमा पुगेको थियो ।

डेब्यू प्रतियोगितामै फाइनल खेलेको नेपाल उपाधि भिडन्तमा भने बंगलादेशसँग पराजित भएको थियो । सो प्रतियोगितामा नेरीले १२ विकेट लिँदै उत्कृष्ट बलरको अवार्ड जितेकी थिइन् ।

नेपालका लागि ११ वुमन्स टी-२० अन्तर्राष्ट्रिय खेलेकी थापाले १७ विकेट लिएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved