‘रवि दाइ मेरो भाइको इच्छा पूरा गर्दिनुस्’ भन्दै ज्यान फाले एक किशोरले, के थियो कारण ?

विशेषतः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गरिएको उक्त नोटमा आफ्नो परिवारलाई सान्त्वना दिन आग्रह गरिएको छ । साथै भाइको इच्छा पूरा गरिदिन पनि उक्त नोटमा भनिएको छ ।

नेपालभ्युज

‘रवि दाइ मेरो भाइको इच्छा पूरा गर्दिनुस्’ भन्दै ज्यान फाले एक किशोरले, के थियो कारण ?

काठमाडौं । अछामका एक किशोरले गृहमन्त्री रवि लामिछानेलाई भाइको इच्छा पूरा गरिदिन अनुरोध गर्दै आत्महत्या गरेका छन् । उनको शव सुर्खेतको वीरेन्द्रनगरमा फेला परेको छ ।

अछामको रामारोशन गाउँपालिका–४ बाटुलासेनका १८ वर्षीय मनोज खनालको शव सम्पर्कविहीन भएको ४ दिनपछि वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको सहिद पार्कको गेट नजिक भेटिएको हो । खनाल गत बुधबार दिउँसो ३ बजेतिर बजार जान्छु भनी रुमबाट निस्किएका थिए ।

त्यसपछि परिवारको सम्पर्कविहीन रहेका उनी मृत भेटिएका हुन् ।

प्रहरीकाअनुसार उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । उनी सुर्खेतको वीरेन्द्रनगरमा अध्ययनरत थिए ।

उनले आत्महत्या गरेको अनुमान गरेको प्रहरीले ‘सुसाइड नोट’ फेला पारेको छ । यद्यपि सुसाइड नोट उनैले लेखेको हो होइन भन्ने विषयमा पनि अनुसन्धान भइरहेको छ ।

भेटिएको सुसाइड नोटमा सबैसँग माफी मागिएको छ । परिवारको अवस्था अत्यन्तै नाजुक रहेको र त्यसैमाथि आफू मानसिक रोगको सिकार भएको उक्त नोटमा उल्लेख छ ।

विशेषतः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई सम्बोधन गरिएको उक्त नोटमा आफ्नो परिवारलाई सान्त्वना दिन आग्रह गरिएको छ । साथै भाइको इच्छा पूरा गरिदिन पनि उक्त नोटमा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved