बागलुङ बस दुर्घटना अपडेट: मृतकको संख्या ९ पुग्यो

नेपालभ्युज

बागलुङ बस दुर्घटना अपडेट: मृतकको संख्या ९ पुग्यो

काठमाडौं । बागलुङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा थप दुई जनाको मृत्यु भएको छ । सात जनाको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा ज्यान गुमाएका अधिकांश रुकुमका बासिन्दा हुन् । दुर्घटनामा २८ जना घाइते भएका छन् ।

दाङका १८ वर्षीय लक्की पुन मगर, पश्चिमरुकुम मुसिकोट नगरपालिका–१ की २७ वर्षीया विनिता केसी र रुकुम मुसिकोट–४ सोलाबाङका ३५ वर्षीया टीका केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

यस्तै मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको हो ।

सवारीधनी रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका बबि नेपाली र चालक रोल्पाका सुवास गौतम भनिने मानसिंह विकको पनि ज्यान गएको छ ।

घाइतेको बागलुङस्थित धवलागिरि अस्पतालमा उपचार भइरहेको छ ।

बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा बस दुर्घटना भएको थियो ।

निसीखोला दुर्घटना : सात जनाको शव रुकुम पठाइयो, घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved