आध्यात्म अनुसार पानीमा कपूर राखेर नुहाउँदा हुने लाभ

नेपालभ्युज

आध्यात्म अनुसार पानीमा कपूर राखेर नुहाउँदा हुने लाभ

एजेन्सी । ज्योतिषशास्त्र अनुसार कपूर पूजाका लागि प्रयोग गर्नु शुभ मानिन्छ । यसबाहेक कपूरको पानीले नुहाउनु पनि शरीरका लागि लाभदायक हुन्छ ।

दैनिक नुहाउने पानीमा एक चुट्की कपूर मिसाउँदा विभिन्न प्रकारका समस्याबाट छुट्कारा पाउन सकिन्छ । ज्योतिषशास्त्रमा यसका फाइदाबारे बताइएको छ ।

  • पानीमा कपूर राखेर नुहाउँदा शरीरमा भएका विभिन्न प्रकारका अशुद्ध चीज निस्कन्छन् । साथमा यसले नकारात्मक प्रभाव पनि कम गर्छ ।
  • ग्रहको प्रभाव कम गर्न कपूरलाई पानीमा राखेर नुहाउनु फाइदाजनक हुन सक्छ । यसले जीवनमा आउने बाधाहरु कम गर्न सहयोग गर्छ ।
  • पानीमा कपूर राखेर नुहाउँदा शान्ति हुन्छ । यसले जीवनमा समस्यासँग लड्ने क्षमता पनि प्रदान गर्छ ।
  • कपूरले नकारात्मक शक्तिलाई नास गर्छ । जसले गर्दा शरीरबाट नकारात्मक ऊर्जा कम भएर सकारात्मक ऊर्जा प्राप्त हुन्छ ।
  • अध्यात्मअनुसार कपूर पानीले नुहाउँदा शरीर पवित्र र शुद्ध पनि हुन्छ । यसले जीवनमा मानसिक शान्ति समेत लिएर आउँछ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved