दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, मागे स्वतन्त्र सांसदको हैसियत

नेपालभ्युज

दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, मागे स्वतन्त्र सांसदको हैसियत

काठमाडौं । गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दीपक मनाङे)ले नेकपा (एकीकृत समाजवादी) त्यागेर स्वतन्त्र सांसदको हैसियत माग गरेका छन्।

सांसद गुरुङले आइतबार प्रदेश सभा  सचिव हरिराज पोखरेललाई बुझाएको निवेदनमा एकीकृत समाजवादी त्यागेको उल्लेख गरेका छन्।

निवेदनमा भनिएको छ, “स्वतन्त्र रूपमा म जनताको मन जितेर निर्वाचित भएको हुँ र आजको मितिदेखि नेकपा (एकीकृत समाजवादी) दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्चाई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन माग गर्दछु।”

सांसद गुरुङले भनेका छन्, “विना कारण र अनायासै केन्द्रमा फेरिइरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउँछ, गण्डकीमा त्यस किसिमको परिस्थिति सिर्जना हुन नदिन सधैँ प्रतिबद्ध छु।” उनले गण्डकी प्रदेशलाई मध्यावधितिर जानबाट रोक्न आफूले एकीकृत समाजवादी त्यागेको बताएका  छन्।

२०७९ सालको निर्वाचनमा मनाङ ‘ख’ बाट स्वतन्त्र रुपमा निर्वाचित भएका उनि  पछि एकीकृत समाजवादीमा प्रवेश गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved