जलेर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु, बाबुको अवस्था गम्भीर

नेपालभ्युज

जलेर घाइते भएकी बालिकाको उपचारका क्रममा मृत्यु, बाबुको अवस्था गम्भीर

काठमाडौं । बाख्रा चराउन जंगल गएका बेला जलेर घाइते भएकी एक बालिकाको उपचारको क्रममा मृत्यु भएको छ ।

कालिकोटको खाँडाचक्र नगरपालिका-५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते १२ वर्षीया हेमन्ती चौलागाईंको सुर्खेतको वीरेन्द्रनगरमा रहेको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

शुक्रबार दिउँसो ३ बजे गाउँ नजिकैको सामुदायिक वनमा लागेको आगो निभाउन जाँदा उनी आफ्नो बुवा ५० वर्षीय नन्दराम चौलागाईंसहित जलेर घाइते भएकी थिइन् ।

हेमन्तीको आइतबार दिउँसो मृत्यु भएको र बुवा नन्दरामको गम्भीर अवस्थामा भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रदेश अस्पतालका डा. केएन पौडेलले जानकारी दिए ।

सामुदायिक वनमा बाख्रा चराउन गएका उनीहरु वनमा एक्कासी आगो लागेपछि निभाउन लागेका थिए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved