साताको कारोबारको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से 

नेपालभ्युज

साताको कारोबारको पहिलो दिन दोहोरो अंकले घट्यो नेप्से 

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अंकले घटेर २०७० दशमलव २५ को विन्दुमा पुगेको छ ।

आइतबार ३०४ कम्पनीका ६३ हजार ९ पटकको कारोबारमा ८४ लाख ६ हजार ०७६ कित्ता सेयर किनबेच भएको छ । जसमा कारोबार रकम भने ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३८४ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गका कम्पनीका मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५५ अंकले घटेर ३६८ दशमलव २५ को विन्दुमा पुगेको छ ।

आइतबार म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङ (विनिर्माण र प्रशोधन)को जम्मा कारोबार ८१ करोड ६७ लाख ३८ हजार ६ सय ५७ रुपैयाँ रहेको छ, जुन आजको कारोबार गर्ने सम्पूर्ण समूहहरू भन्दा बढी हो ।

भने, हाइड्रोपावर कम्पनीहरूका समूहले ७४ करोड ८७ लाख ६ हजार ९ सय ५४ रुपैयाँको कारोबार गरेका छन् । त्यस्तै, आज सबैभन्दा कम कारोबार गर्ने कम्पनीहरूको समूहमा कर्पोरट डिभेन्चरहरु रहेका छन् । जसको कारोबार रकम १९ लाख १३ हजार ७ सय ८ रुपैयाँ रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved