आलिया भट्टको आउँदै गरेको फिल्मले तोड्नेछ सबै रेकर्ड !

नेपालभ्युज

आलिया भट्टको आउँदै गरेको फिल्मले तोड्नेछ सबै रेकर्ड !

एजेन्सी । बलिउडकी सुन्दर तथा प्रतिभाशाली अभिनेत्री आलिया भट्ट ३१ वर्षकी हुँदैछन् । आलिया भट्टले बलिउडमा धेरै शानदार फिल्महरु दिइसकेकी छन् र अब अगाडि पनि फिल्महरुको लाइन छ ।

आज हामी तपाईंलाई आलिया भट्टका आउँदै गरेका सातवटा त्यस्तै सुन्दर फिल्महरुका बारेमा बताउन गइरहेका छौं । आलिया भट्ट आफ्ना श्रीमान् रणबीर कपूरसँग लव एन्ड वारमा देखिनेछन् ।

त्यस्तै फिल्म ‘जिगरा’मा पनि आलियाले काम गरिरहेकी छन् जसको पोस्टर पनि आइसकेको छ । आलिया भट्टको हातमा ‘ब्रम्हास्त्र २’ पनि हुनेछ । जसको पहिलो भाग सुपरहिट भएको थियो ।

आलिया भट्ट वाईआरएफको स्पाई यूनिवर्समा पनि प्रवेश गरिसकेकी छन् ।

जुन फिल्ममा उनले एकदमै कडा भूमिका निर्वाह गर्नेछन् । त्यस्तै आलियाले वरुण धवनसँग दुल्हनिया फ्रैन्चाइजीमा काम गरेकी छन् जसको तेस्रो भागको चर्चा चलिरहेको छ ।

आलियाको फिल्म ‘तख्त’ को काम रोकिएको छ । यो फिल्म करण जौहरको हो ।

त्यस्तै फरहान अख्तरको फिल्ममा पनि उनले काम गर्ने पहिले नै आइसकेको थियो । तर अहिले फिल्मको काम भने रोकिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved