साइनसलाई घरेलु उपचारले यसरी निको बनाउनुहोस्

नेपालभ्युज

साइनसलाई घरेलु उपचारले यसरी निको बनाउनुहोस्

एजेन्सी । साइनसलाई साइनसाइटिसको नामले पनि चिनिन्छ वा हामी नेपालीमा यसलाई पिनास पनि भन्छौं । जो नाकसँग जोडिएको समस्या हो । धेरै व्यक्तिले यस्तो समस्याको सामना गरिरहेका हुन्छन् । यसलाई घरमै पनि तपाईं केही उपाय गरेर निजात पाउन सक्नुहुन्छ ।

साइनसमा प्राय जसो विरामीलाई नाक ब्लक हुने, नाक बग्ने, टाउको दुख्ने र कपाल सेतो हुने जस्ता समस्याहरुको सामना गर्नुपर्ने हुन्छ ।

बाफ लिने
बाफ लिनाले साइनसको समस्यामा एकदमै फाइदा हुन्छ । यसले स्वासनली सफा हुन्छ र नाक ब्लक भएको खुल्छ जसले गर्दा स्वास फेर्न पनि सजिलो हुन्छ ।

तिलको तेल
तिलको तेलमा एन्टीब्याक्टेरियल तथा एन्टीइन्फ्लामेटरी गुण पाइन्छ जसले साइनसको दुखाई तथा सुन्निएकोमा राहत दिन्छ । यसका लागि तपाईं दुई तीन थोपा तिलको तेल नाकमा राख्नुहोस् र निधार मालिस पनि गर्न सक्नुहुन्छ ।

सुप पिउने
तातो तथा झोलिलो चिजहरु पिउँदा पनि साइनसको समस्यामा राहत पाउन सकिन्छ । यसका लागि तपाईं तरकारीहरुको सुप वा चिकन सुप पिउन सक्नुहुन्छ । यसबाहेक तपाई एक समय हर्बल टी पनि पिउन सक्नुहुन्छ ।

पानी पिउने
नाक सुख्खा हुने हँदा कहिलेकाँही साइनसमा अझै समस्या पनि हुन्छ । जसले गर्दा तपाईं पानी प्रसस्त मात्रामा पिउनुहोस् । शरीरको कुनै पनि प्रकारको विकारलाई बाहिर निकाल्नमा पानी सबैभन्दा सहयोगी हुन्छ ।

नाक सेक्ने
साइनसको समस्याबाट राहत पाउनका लागि तपाईं नाक, निधार तथा गालाहरुको सेकाई गर्न सक्नुहुन्छ । यसका लागि पहिला दुई मिनेट तातो कपडाले सेक्नुहोस् र ३० सेकेन्ड जति चिसोले सेक्नुहोस् । यसले साइनसमा आराम हुन्छ ।

शुक्ष्म व्यायाम
तपाईं साइनसले नाक बन्द भएको अवस्थामा केही शुक्ष्म खाले व्यायाम यानिकी योगा पनि गर्न सक्नुहुन्छ । जसका लागि अनुलोमविलोम, कपालभाँती आदि स्वास सम्बन्धी योगा गर्नुहोस् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved