पश्चिम बंगालका मुख्यमन्त्री बनर्जी लडेर गम्भिर घाइते, प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्य लाभको कामना

नेपालभ्युज

पश्चिम बंगालका मुख्यमन्त्री बनर्जी लडेर गम्भिर घाइते, प्रधानमन्त्री मोदीद्वारा स्वास्थ्य लाभको कामना

काठमाडौं । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जी गम्भिर दुर्घटनामा परेकी छन् । घरमा लडेर उनको निधारमा ‘ठूलो चोट’ लागेको छ । मुख्यमन्त्री बनर्जीको निधारमा टाँका लगाइएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

आवश्यक परीक्षणपछि मुख्यमन्त्रीलाई उनको निवासमा लगिएको छ । अखिल भारतीय तृणमूल कांग्रेसले अस्पतालमा उपचाररत बनर्जीको निधारको बीचमा गहिरो काटिएको र उनको अनुहारमा रगत बगेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेको छ ।

घरमा लडेर घाइते भएकी बनर्जीलाई कोलकाताको एसएसकेएम अस्पताल लगिएको थियो । यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले बनर्जीको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् – ममता दिदीको स्वास्थ्य लाभका लागि प्रार्थना गर्छु ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved