धनकुटामा गुडिरहेको मोटरसाइकलमा रूखको हाँगाले लाग्दा एक जनाको मृत्यु

नेपालभ्युज

धनकुटामा गुडिरहेको मोटरसाइकलमा रूखको हाँगाले लाग्दा एक जनाको मृत्यु

धनकुटा । धनकुटामा गुडिरहेको मोटरसाइकलमा रूखको हाँगा खसेर लाग्दा एक जनाको मृत्यु भएको छ ।

बिहीबार अपराह्न ३ बजे धनकुटा नगरपालिका–४ स्थित देव्रेवासमा गुडिरहेको मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो ।

धनकुटाबाट हिलेतर्फ जाँदै गरेको प्रदेश १–०२–०४९ प ६०४० नम्बरको मोटरसाइकलमा रूखको हाँगा खसेर लाग्दा मोटरसाइकलको पछाडि सवार धनकुटा नगरपालिका–१ स्थित हिलेकी ३० वर्षिया उषा तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक अनिल कुमार शाहले जानकारी दिए ।

सडक नजिकै रहेको शिरिषको हाँगा भाँचिएर लाग्दा तामाङको टाउको र छातिमा चोट लागेको थियो । उपचारको क्रममा धनकुटा अस्पतालमा मृत्यु भएको हो । मृतकका श्रीमान मोटरसाइकल चालक आशिष तामाङ भने सकुशल रहेका छन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved