साताको सेयर समीक्षा : नेप्सेमा ५० अंकको सुधार, कारोबार रकम १५ अर्ब माथि

नेपालभ्युज

साताको सेयर समीक्षा : नेप्सेमा ५० अंकको सुधार, कारोबार रकम १५ अर्ब माथि
काठमाडौं । यो साता सेयर बजारमा उतारचढाव देखियो । सोमबार सार्वजनिक बिदाले बन्द रहेको सेयर बजार आइतबार, मंगलबार, बुधबार र बिहीबार भने घट्ने-बढ्ने क्रम जारी रह्यो ।
कारोबारको पहिलो दिन आइतबार नेप्सेमा २२ अंकको सुधार भएको थियो भने, कारोबारको दोस्रो दिन नेप्से बढेर २१ सयको विन्दुमा उक्लिएको थियो ।
तर, कारोबारको तेस्रो दिन बुधबार भने नेप्सेमा झिनो अंकको गिरावट आएको थियो । यद्यपि, परिसूचक भने २१ सय विन्दुमाथि नै कायम रह्यो ।
कारोबारको अन्तिम दिन बिहीबार भने नेप्से पुनः २१ सय विन्दुबाट तल ओर्लिएको छ । यो साता सेयर बजारमा कुल १५ अर्ब ६६ करोड ६५ लाख १९ हजार बराबरको कारोबार भएको छ ।
अघिल्लो साता २०३० दशमलव ५५ को विन्दुमा पुगेर बन्द भएको नेप्से परिसूचक यो साता २०८० दशमलव ८७ को विन्दुमा पुगी बन्द भएको छ । समग्रमा नेप्से यो साता ५० लदशमलब ३२ अंकले बढेको छ ।
आइतबार
साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २२ दशमलव १० अंकले वृद्धि भएर २०५२ दशमलव ६५ अंकमा पुगेको थियो । जहाँ ३०४ कम्पनीका ५६ हजार ७२६ पटकको कारोबारमा ७ लाख ४३ हजार ४५७ कित्ता सेयर किनबेच भएको थियो ।
जसमा कारोबार रकम भने २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५५८ रुपैयाँ रहेको थियो ।
मंगलबार
साताको कारोबारको दोस्रो दिन मंगलबार नेप्से परिसूचक ५८ दशमलव ५८ अंकले बढेर २१११ दशमलव २४ को विन्दुमा पुगेको थियो । जहाँ ३०५ कम्पनीका ८२ हजार ७ सय ४६ पटकको कारोबारमा १ करोड ६० लाख ९ हजार ५९७ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
जसमा कारोबार रकम भने ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३४७ रुपैयाँ रहेको थियो ।
बुधबार
साताको कारोबारको तेस्रो दिन नेप्से परिसूचक २ दशमलव ४८ अंकले घटेर २१०८ दशमलव ८२ को विन्दुमा पुगेको थियो । जहाँ ३१० कम्पनीका ७३ हजार ५ सय ६ पटकको कारोबारमा १ करोड ८८ लाख ९ हजार ६ सय ३४ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
जसमा कारोबार रकम ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँ रहेको थियो ।
बिहीबार
साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक २७ दशमलव ८४ अंकले घटेर २०८० दशमलव ८७ को विन्दुमा पुगेको छ । बिहीबार ३०३ कम्पनीका ६६ हजार १ सय ७ पटकको कारोबारमा १ करोड १४ लाख ८३ हजार ६ सय १७ कित्ता सेयर खरिद बिक्री भएको छ ।
जसमा कारोबार रकम ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३ सय २ रुपैयाँ रहेको छ ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved