पाँच अर्ब बराबरको अग्राधिकार सेयर निष्कासन गर्दै नबिल बैंक

नेपालभ्युज

पाँच अर्ब बराबरको अग्राधिकार सेयर निष्कासन गर्दै नबिल बैंक

काठमाडौं । नबिल बैंक लिमिटेडले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्कासन गर्ने भएको छ ।

बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको स्वीकृति पाएको खण्डमा ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर बिक्री गर्ने निर्णय गरेको हो ।

बैंकले ८ प्रतिशत लाभांश दर कायम गरी अग्राधिकार सेयर बिक्री गर्नेछ । राष्ट्र बैंकले स्वीकृति दिए मुनाफा भएको वर्ष मात्र लाभांश वितरण गर्ने र सेयरको रकम फिर्ता नहुने प्रकृतिको अग्राधिकार सेयर प्राइभेट प्लेसमेन्ट गरी बिक्री गर्ने निर्णय बैठकले गरेको छ ।

यस्तै, ८ वर्षे अवधिको ८ प्रतिशत ब्याजदर भएको ‘८ प्रतिशत नबिल डिबेन्चर २०८९’ पनि जारी गर्ने निर्णय सञ्चालक समितिबाट पारित भएको बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved