केपी ओली र राजेश हमालबीच शुक्रबार सिनेमा संवाद हुने

नेपालभ्युज

केपी ओली र राजेश हमालबीच शुक्रबार सिनेमा संवाद हुने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद हुने भएको छ ।

सातौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को अवसरमा संवाद हुन लागेको हो ।

सभागृहमा शुक्रबार बिहान ११ बजेदेखि दिउँसो बजेसम्म संवाद चल्नेछ । सभामा स्वदेशी तथा विदेशी चलचित्रकर्मी पनि उपस्थित हुनेछन् ।

संवादमा फिल्मका विविध आयाम र विधालाई समेटेर छलफल हुनेछ । कार्यक्रममा सर्वसाधारणले निःशुल्क सहभागी हुन पाउने छन् ।

चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यका विषयमा छलफल हुने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved