एट्लेटिको मड्रिड र डर्टमन्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

नेपालभ्युज

एट्लेटिको मड्रिड र डर्टमन्ड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

काठमाडौं । एट्लेटिको मड्रिड र बोरोसिया डर्टमन्ड यूइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । यो सँगै क्वार्टरफाइनलमा पुग्ने ८ टोलीको टुंगो लागेको छ ।

गएराति एट्लेटिको इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । २–२ को बराबरीमा निर्धारित समय सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।

बोरुसिया डर्टमन्डले पीएसभी आइन्डहोभेनलाई पराजित गर्दै तीन वर्ष पछि लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । डर्टमन्ड ३–१ ले विजयी भयो ।

डर्टमन्ड, एट्लेटिको आर्सनल, बार्सिलोना, बायर्न म्युनिख, म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन र रियल मड्रिडले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । च्याम्पियन्स लिगको ड्र शुक्रबार सार्वजनिक हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved