धनकुटामा भएको दुर्घटनामा एक युवाको मृत्यु, दुई युवा गम्भिर

नेपालभ्युज

धनकुटामा भएको दुर्घटनामा एक युवाको मृत्यु, दुई युवा गम्भिर
सांकेतिक तस्वीर।

काठमाडौं । धनकुटाको साँगुरीगढीमा भएको सवारी दुर्घटनामा एक युवाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । भ्यान र मोटरसाइकल ठोक्किदा मोटरसाइकलको पछाडि सवार साँघुरीगढीका २५ वर्षिय दिवस तामाङको मृत्यु भएको हो ।

मंगलबार साँझ भेडेटारबाट मुलघाट तर्फ जाँदै गरेको को १ च ३२८० नम्बरको मारुती भ्यान र विपरीत दिशाबाट आउदै गरेको को ३३ प ८३५७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।

मोटरसाइकल चालक धनकुटा साँगुरीगढीका २२ वर्षीय अभिषेक लिम्बु र मारुती भ्यान चालक सोही ठाउँका ३० वर्षीय तुल बहादुर राईको गम्भिर अवस्थामा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved