रञ्जितालाई रेशमले भने- प्रिय तिमीलाई सम्झाउन सकिनँ

पति-पत्नीको झगडा फेसबूकमा छरपस्ट

नेपालभ्युज

रञ्जितालाई रेशमले भने- प्रिय तिमीलाई सम्झाउन सकिनँ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरीले पत्नीसँगको असमझदारीलाई सामाजिक सञ्जालमा छरपस्ट पारेका छन् । पार्टी अध्यक्ष एवं संसदीय दलका नेता रञ्जिता श्रेष्ठले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेपछि चौधरीले सामाजिक सञ्जाल फेसबुकमा झगडाको कारण खुलाएका हुन् ।

प्रचण्ड नेतृत्वको सरकारको विपक्षमा बस्ने चौधरीको निर्णयलाई चुनौती दिदै रञ्जिताले नाउपाका सांसदलाई सरकारको पक्षमा मत हाल्न ह्विप जारी गरेकी थिइन् ।

चौधरीले फेसबुकमा लेखेका छन् – कैलालीबाट काठमाडौंसम्म आएर रन्जितासँग दुई घण्टा छलफल गरेको तर सम्झाउन नसकेको भन्दै उनले भनेका छन् ‘म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ, उनी टस कि मस भइनन्,’ ।

जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो भन्दै रेशमले लेखेका छन्, ‘मैले तिमीलाई सम्झाउन सकिन प्रिय र आफूले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने–स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ, तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न ।’

रन्जिताको अनुपस्थितिमा सोमबार कैलालीको टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले नयाँ गठबन्धनमा नजाने र प्रतिपक्षमा बसेर प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गरेको थियो । तर नाउपाकी अध्यक्ष एवम् संसदीय दलको नेता समेत रहेकी रन्जिताले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्वीप जारी गरेकी छन् ।

कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा भने रेशमको सहमतिमा नाउपाका मन्त्री नियुक्त भएका छन् । कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारमा सहभागी भएकोमा रञ्जिता विपक्षमा छिन् ।

पार्टीभित्रको यो विवाद घर झगडा नभई राजनीतिक विषय भएको रेशमको भनाइ छ । रेशम सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धनको पछाडि लाग्न नहुने पक्षमा छन् । रेशमले रन्जितालाई सम्झाउन नसक्नु हार नभइ विवशता भएको बताएका छन् ।

पढ्नुहोस चौधरीको फेसबुक स्टाटस

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved