नेप्से परिसूचक २१ सयको विन्दुमा, कारोबार रकम ४ अर्ब ५५ करोड 

नेपालभ्युज

नेप्से परिसूचक २१ सयको विन्दुमा, कारोबार रकम ४ अर्ब ५५ करोड 

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज नेप्से परिसूचक २१ सयको विन्दुमा उक्लिएको छ । सोमबार सार्वजनिक बिदाको कारण बन्द भएको सेयर बजारमा आज उछाल आएको हो ।

आज नेप्से परिसूचक ५८ दशमलव ५८ अंकले बढेर २१११ दशमलव २४ को विन्दुमा पुगेको छ । आज ३०५ कम्पनीका ८२ हजार ७ सय ४६ पटकको कारोबारमा १ करोड ६० लाख ९ हजार ५ सय ९७ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १० दशमलव ६० अंकले बढेर ३७५ दशमलव १३ को विन्दुमा पुगेको छ ।

आज हाइड्रोपावर कम्पनीहरूको ३३ लाख ६४ हजार ७ सय २५ कित्ता सेयर खरिद बिक्रीमा १ अर्ब ६१ करोड ९५ लाख ९ हजार १ सय ४१ रुपैयाँको कारोबार भएको छ । यो आज भएको कारोबार मध्ये सबैभन्दा बढी कारोबार गर्ने क्षेत्र हो । भने, सबैभन्दा कम कारोबार गर्नेमा कर्पोरेट डिभेन्चरहरु रहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved