प्रिमियर लिगमा चेल्सीको रोमाञ्चक जीत

नेपालभ्युज

प्रिमियर लिगमा चेल्सीको रोमाञ्चक जीत

काठमाडौं । इङलिस प्रिमियर लिगमा चेल्सीले रोमाञ्चक जीत दर्ता गरेको छ । घरेलु मैदानमा चेल्सीले न्यूक्यासल युनाइटेडमाथि ३–२ को रोमाञ्चक जीत निकालेको हो ।

स्टामफोर्ड ब्रिजमा गएराति भएको खेलमा चेल्सीका निकोलस ज्याक्सन, कोल पाल्मेर मिखाइलो मड्रिचले गोल गरे । न्यूक्यासलका एलेक्सान्दर इसाक र ज्याकोव मर्फीले गोल फर्काए । जितसँगै चेल्सी २७ खेलबाट ३९ अंक जोडेर ११ औं स्थानमा यथावत छ ।

पराजित न्यूक्यासल २८ खेलबाट ४० अंकका साथ १०औं स्थानमा छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved