भागेका थुनुवा समात्न गएका प्रहरी जवानको भिरबाट लडेर मृत्यु

नेपालभ्युज

भागेका थुनुवा समात्न गएका प्रहरी जवानको भिरबाट लडेर मृत्यु

काठमाडौं । दार्चुलामा फरार थुनुवा पक्राउ गर्न जाँदा भीरबाट लडेर एक प्रहरी जवानको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत प्रहरी जवान सुवान चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जबर्जस्ती करणी मुद्दामा पक्राउ परेका महाकाली नगरपालिकाका २३ वर्षिय उमेशसिंह कुँवर हत्कडीसहित भागेपछि प्रहरीले उनलाई समात्न खोजेको थियो ।

लखेट्ने क्रममा चौधरीको लडेर टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहले जानकारी दिए ।

महाकाली नदी तरेर भारत पुगेका कुँवरलाई भारतीय गोरखा रेजिमेन्टको सहयोगमा नियन्त्रणमा लिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved