नयाँ सत्ता समिकरण निर्माणमा बाह्य हस्तक्षेप छैन : प्रदीप ज्ञवाली

नेपालभ्युज

नयाँ सत्ता समिकरण निर्माणमा बाह्य हस्तक्षेप छैन : प्रदीप ज्ञवाली

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नयाँ सत्ता समिकरण निर्माणमा बाह्य हस्तक्षेप नभएको दाबी गरेका छन् ।

नयाँ सत्ता समिकरणमा चीनको चलखेल रहेको चर्चा चलिरहँदा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उनले कुनैपनि खालको बाह्य शक्तिको दौडधुप बिना नै नयाँ सत्ता समिकरण बनेको बताएका हुन् ।

न्युज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उपमहासचिव ज्ञवालीले स्वदेशकै पात्रहरुले, स्वदेशकै खेलाडीहरुले अप्रत्याशित, आकस्मिक, अपत्यारिलो लाग्ने गरी निर्माण गरेको नयाँ सत्ता समिकरणलाई टिकाउने कुरा चुनौतिको रुपमा रहेको समेत स्वीकार गरे ।

वाह्य सम्बन्ध, अर्थतन्त्रको अवस्था, जनताको राज्य प्रणालीलाई हेर्ने पर्सेप्शन, मुलुकको भविष्यप्रतिको विश्वास, मुलुकका सामाजिक सम्बन्धहरु, मुलुक चलाउने राज्यको सबै संयन्त्रहरु ठूलो संकटमा रहेको उल्लेख गर्दै त्यो संकट र निराशालाई चिर्दै अगाडि बढ्ने कुरालाई नयाँ गठबन्धनले केन्द्रबिन्दुमा राखेर काम गर्ने उनको भनाई छ ।

उपमहासचिव ज्ञवालीले कांग्रेसले देशको पक्षमा कुनै परिणाममुखि काम गर्न नसक्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल एमालेसँगको सहकार्यका लागि तयार भएको पनि दोहोर्याए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved