को हुन् मिस वर्ल्ड २०२३ विजेता पिज्कोभा ?

नेपालभ्युज

को हुन् मिस वर्ल्ड २०२३ विजेता पिज्कोभा ?

काठमाडौं । चेक गणतन्त्रकी क्रिस्टिना पिज्कोभाले मिस वर्ल्ड २०२३ को उपाधि जितेकी छिन् ।

मुम्बईको प्रसिद्ध जियो वर्ल्ड कन्भेन्सन सेन्टरमा भएको समारोहमा मिस लेबनान यास्मिना जेतौन फस्ट रनरअप भइन् ।

प्रतियोगितामा ११२ देशका प्रतियोगीहरुले भाग लिएका थिए । फाइनल १०० भन्दा बढी देशहरूमा प्रत्यक्ष प्रसारण गरिएको थियो।

करण जोहर र मिस वर्ल्ड २०१३ मेगन यंगले समारोह सञ्चालन गरेका थिए । कार्यक्रमको निर्णायक सदस्यहरूमा प्रसिद्ध समाचार व्यक्तित्व रजत शर्मा, फिल्म निर्माता साजिद नाडियाडवाला, अभिनेत्री कृति सेनन र व्यापारी विनीत जैन थिए।

जहाँ गायक शान, नेहा कक्कड र टोनी कक्कडले सांगीतिक प्रस्तुति दिएका थिए ।

को हुन् मिस वर्ल्ड विजेता पिज्कोभा ?
क्रिस्टिना पिज्कोभा एक विद्यार्थी र अन्तर्राष्ट्रिय मोडेल हुन् । २४ वर्षीया क्रिस्टिना मोडलका रुपमा काम गर्नुका साथै कानून र व्यवसाय प्रशासनको अध्ययन गरिरहेकी छिन् ।

क्रिस्टिनाले तान्जानियामा अल्पसंख्यक बालबालिकाका लागि अंग्रेजी माध्यमको विद्यालय खोलेकी छन् ।

उनले चेक गणतन्त्रमा क्रिस्टिना पिज्को फाउन्डेसन पनि स्थापना गरेकी छिन्। जसमा उनले बालबालिकाका लागि मात्र नभई वृद्धवृद्धा र मानसिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि धेरै विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेकी छन् ।

क्रिस्टिनालाई ट्रान्सभर्स फ्लूट र भायोलिन पनि बजाउन मन पर्छ। उनले कला प्रतिष्ठानमा पनि ९ वर्ष बिताएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved