व्यापारीको अपहरण गरी फिरौती असुल्ने गिरोहका मुख्य नाइके पक्राउ

नेपालभ्युज

व्यापारीको अपहरण गरी फिरौती असुल्ने गिरोहका मुख्य नाइके पक्राउ

काठमाडौं । प्रहरीले दुई भारतीय व्यवसायीको अपहरण गरी नेपाली भूमिमा फिरौती असुल्ने गिरोहका मुख्य नाइके राजन माझीलाई पक्राउ गरेको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बुधबार विराटनगरको कञ्चनवारीस्थित खड्का होटलबाट माझीलाई पक्राउ गरेको मोरङका डीएसपी राजन दाहालले जानकारी दिए ।

माझीलाई बिहीबार जिल्ला अदालतम मोरङमा पेश गरिएको छ । उनीमाथि चारवटा डाँकाचोरीको मुद्दा अदालतमा चलिरहेको छ ।

माझीमाथि गत माघ १६ गते भारतको गोरखपुरस्थित सोनबरसा बजारका इँट्टा भट्टा व्यवसायी ३४ वर्षीय अभिषेक कुमार र गत २ डिसेम्बरमा सोनबरसाकै औषधि व्यवसायी कामेश्वर रायको अपहरण गरेको आरोप छ ।

माझीले कुमारसँग ५० लाख भारतीय रुपैयाँ र रायसँग ४८ लाख रुपैयाँ नेपाली फिरौती लिएर अपहरण मुक्त गरेका थिए ।

उनीमाथि शरीर बन्धक मुद्दा पनि चलाइने डीएसपी दाहालले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved