गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त हुँदैन : नेता महतो

नेपालभ्युज

गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त हुँदैन : नेता महतो

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति अभियानको सुरूवात गरेका नेता राजेन्द्र महतोले गठबन्धन सरकारबाट नेपाली जनतालाई केही प्राप्त नहुने बताएका छन् ।

जनकपुरधाम विमानस्थलमा शनिवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता महतो अहिलेको गठबन्धन पनि लुटतन्त्र मचाउनका लागि भएकाले नेपाली जनताले केही पनि प्राप्त गर्न नसक्ने स्पष्ट पारे ।

उनले गठबन्धन नेपाली जनताको अधिकार रक्षाका लागि नभई कुर्सी बचाउनका लागि मात्रै हुँदै आईरहेकाले यो गठबन्धन पनि कुर्सीकै खेलका लागि निर्माण भएको बताए ।

बहुल राष्ट्रिय राज्य नबनेसम्म नेपाल सम्पूर्ण नेपाली जनताको देश बन्न नसक्ने उनको भनाई छ ।

फरक प्रसंगमा नेता महतोले मधेस केन्द्रित दलहरुबीच एकताभन्दा पनि अधिकारवादी तथा पहिचानवादीहरु एकत्रित हुनु आवश्यक रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved