कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

नेपालभ्युज

कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु

सुर्खेत । कालिकोटमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । कालीकोटको नरहरिनाथ गाउँपालिका–८ मा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो ।

शनिबार बिहान करेन्ट नरहरिनाथ गाउँपालिका–८ लालुका ४३ वर्षीया केशवराज थापा र उनका भतिजा २७ वर्षीय गङ्गा थापाको करेन्ट लागेर मृत्यु भएको छ ।

सवस्टेशनबाट चाखा काल्ढुङ्गा भन्ने स्थानमा सवलाइन विस्तार गर्न खोज्दा करेन्ट लागेको नरहरीनाथ गाउँपालिकाका प्रवत्ता तथा वडा नं. ९ का वडाध्यक्ष प्रदीप बोहोरा बताए ।

‘गाडेको पोल उखेलेर अर्को स्थानमा सार्न खोज्दा पोलको टुप्पोले मेन लाइनलाई छुँदा करेन्ट लागको हो ।’ उनले भने, ‘दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।’

प्रवत्ता बोहोराका अनुसार ४३ वर्षीया केशवराज थापा स्थानीय मंगलासैनी माध्यमिक विद्यालयको शिक्षक थिए ।

घटनाबारे जानकारी आएपछि इलाका प्रहरी कार्यालय कुमालगाउँबाट प्रहरी निरीक्षक प्रकाश केसीको नेतृृत्वमा प्रहरी टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख पोषण थापाले जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved