पद ठूलो र मान्छे धनी हुँदैमा राम्रा हुँदैनन् : अध्यक्ष बिजुक्छे

नेपालभ्युज

पद ठूलो र मान्छे धनी हुँदैमा राम्रा हुँदैनन् : अध्यक्ष बिजुक्छे

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मजदुर किसानहरु नै देशको बहुमत जनता भएको बताएका छन् ।

शुक्रवार भक्तपुरको भाजपुखू र जलेश्वर मन्दिरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले पद ठूलो हुँदैमा र मान्छे धनी हुँदैमा सबै राम्रा हुन्छन् भन्नेकुरा सत्य नरहेको बताए ।

बिजुक्छेले उनीहरुको गल्ती कमजोरीबाट सिकेर आम नागरिकहरुले राम्रो काम गर्नुपर्ने बताए ।

पुरातात्किव र धार्मिक एवं सांस्कृतिक सम्पदाहरुको संरक्षण र पुनः निर्माणमा राज्यका निकायहरुले चासो नदिएको उनको भनाई छ ।

अध्यक्ष बिजुक्छेले जनताको स्तरबाटै कम नगरी विकास हुन नसक्ने अवस्था आएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved