ग्लोबल आइएमईको ४१ शाखाले गरे वित्तीय साक्षरता कार्यक्रम

नेपालभ्युज

ग्लोबल आइएमईको ४१ शाखाले गरे वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना देशभरिका थप ४१ वटा शाखा कार्यालयहरूबाट एकसाथ वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी उक्त कार्यक्रम संचालन गरेको हो ।

कार्यक्रममा कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता रहेको थियो ।

मुलुकका विभिन्न जिल्लाका ४१ स्थानमा सञ्चालित कार्यक्रममा ५,००० भन्दा बढी व्यक्तिहरूलाई बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।

यस आर्थिक वर्षमा बैंकले आफ्ना ३५० भन्दा बढी शाखाहरूमार्फत यस्ता लक्षित वर्गको सहभागितामूलक कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य राखेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved