नयाँ अर्थमन्त्रीलाई सेयर बजारको स्वागत, नेप्सेमा दोहोरो अंकको सुधार

नेपालभ्युज

नयाँ अर्थमन्त्रीलाई सेयर बजारको स्वागत, नेप्सेमा दोहोरो अंकको सुधार

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनलाई सेयर बजारले सकारात्मक रुपमा लिएको छ । पुनले कार्यभार सम्हालेपछिको पहिलो दिन भएको सेयर कारोबारमा उत्साह देखिएको छ ।

नेप्से परिसूचक बिहीबार दोहोरो अंकले बढेको छ । नेप्से १३ दशमलव ५१ अंकले बढेर २०३० दशमलव ५५ को विन्दुमा पुगेको हो ।

आज ३०९ कम्पनीका ४७ हजार ६ सय ९९ पटकको कारोबारमा ८९ लाख २९ हजार १ सय ५१ कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम भने ३ अर्ब १९ करोड ९२ लाख ५ हजार ८ सय २० रुपैयाँ छ ।

आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ९० अंकले बढेर ३६० दशमलव २७ को विन्दुमा पुगेको छ । सबैभन्दा बढी कारोबार हाइड्रोपावर कम्पनीहरूको भएको छ भने सबैभन्दा कम कारोबार गर्नेमा कर्पोरेट डिभेन्चर रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved