बालक अपहरण गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा एक जना पक्राउ

नेपालभ्युज

बालक अपहरण गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा एक जना पक्राउ

काठमाडौं । प्रहरीले चार वर्षीय बालकको अपहरण गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ ।

नेपाल–भारत सीमा क्षेत्रबाट भारतको बिहारस्थित सितामढीका घर भएका २७ वर्षीय अताबुल अन्सारीलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।

अन्सारीले सितामढीकै धिरेन्द्र रामका चार वर्षीय छोरा अंकितलाई पर्सा गाउँपालिका–२ संग्रामपुरबाट अपहरण गरेका थिए । बालक भारतबाट मामाघर आएका थिए ।

बुधबार करिब पौने २ बजे बालकलाई स्थानीयसमेतको सहयोगमा उद्धार गरी परिवारको जिम्मा लगाइएको डीएसपी थारुले बताए ।

पक्राउ परेका अन्सारीलाई अपहरण तथा शरीर बन्धक कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved