सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी, अल्पमतमा मुख्यमन्त्री शाह

नेपालभ्युज

सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरियो एकीकृत समाजवादी, अल्पमतमा मुख्यमन्त्री शाह

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार अल्पमतमा परेको छ । नेकपा (एकीकृत समाजवादी) पार्टी बाहिरिएसँगै नेपाली कांग्रेसका कमलबहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

काठमाडौंमा नेकपा (एमाले) नेतृत्वको गठबन्धनमा सहभागी हुँदै नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी भएपछि सुदूरपश्चिम प्रदेश सरकार छाडेको हो ।

समाजवादीका नेता आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले मुख्यमन्त्री शाहलाई सरकार छाडेको जानकारी गराएका थिए ।

सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी)का चार जना सदस्य छन् । आजै संसदीय दलको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी एकीकृत समाजवादीको छ । माओवादी केन्द्रले बुधबार नै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

शाह नेतृत्वको सरकारमा अब कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टीका ७ जनाको मात्र समर्थन छ । ५३ सदस्य प्रदेश सभामा सरकार जोगाउन शाहलाई २७ जनाको समर्थन चाहिन्छ ।

मुख्यमन्त्रीमा दाबी गर्दै आएको उन्मुक्ति पार्टीले भने पर्ख र हेरको अवस्थामा रहेकाले तत्काल सरकारबाट बाहिरिने सोचमा नरहेको बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved