सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

नेपालभ्युज

सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक घाइते

काठमाडौं । ट्याक्टर दुर्घटना हुँदा सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

दुर्घटनामा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका–५ का ३० वर्षीय दिनेश काफ्लेको मृत्यु भएको हो ।

सिमेन्ट र रड बोकेको ट्याक्टर सोलाभञ्ज्याङ तुफान डाँडाको भित्रि सडकमा गएराति दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालक तीनपाटनका गोपाल तोलाङगी र दिनेश काफ्लेको उद्धार गरी जिल्ला अस्पताल पुर्याइएको थियो । उनीहरूमध्ये काफ्लेको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved