नेप्सेमा सामान्य सुधार, कारोबार रकम ३ अर्ब माथि

नेपालभ्युज

नेप्सेमा सामान्य सुधार, कारोबार रकम ३ अर्ब माथि

काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा सामान्य सुधार देखिएको छ । मंगलबार भारी गिरावट आएको सेयर बजारले आज लय समातेको छ ।

आज नेप्से परिसूचक ९ दशमलव ३३ अंकले बढेर २०१७ दशमलव ०३ को विन्दुमा पुगेको छ । बुधबार ३०८ कम्पनीका ५८ हजार ९ सय ४० पटकको कारोबारमा ९१ लाख ३८ हजार १ सय ५४ कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम भने ३ अर्ब ४५ करोड ८३ लाख ८ हजार ३ सय ५७ रुपैयाँ रहेको छ । त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ०६ अंकले बढेर ३५८ दशमलव ३७ को विन्दुमा पुगेको छ ।

आज हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ता झुम्मिएका छन् भने कर्पोरेट सेक्टरको कारोबार सबैभन्दा कम रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved