माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम, नारायणकाजी परराष्ट्र र वर्षमान अर्थ

नेपालभ्युज

माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम, नारायणकाजी परराष्ट्र र वर्षमान अर्थ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पनि पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्ग्याएको छ ।

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानसहित परराष्ट्र, वर्षमान पुन अर्थ र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बन्दैछन् ।

यस्तै ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री रहेका शक्तिबहादुर बस्नेत र सञ्चार तथा सूचना प्रविधिमन्त्री रहेकी रेखा शर्मा यथावत् रहने एक नेताले जानकारी दिए ।

उनका अनुसार पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली पनि कायमै रहनेछिन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved