विद्यार्थीको रोजाइ बन्दै नबिलको शैक्षिक कर्जा, अफर लेटर कुर्न नपर्ने

नेपालभ्युज

विद्यार्थीको रोजाइ बन्दै नबिलको शैक्षिक कर्जा, अफर लेटर कुर्न नपर्ने

काठमाडौं । पछिल्लोसमय बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर उच्च शिक्षाका लागि विदेशिनेको जमात बढ्दो छ । यसैमा वर्षौँदेखि उच्च शिक्षाका लागि विदेशी युनिभर्सिटी रोज्नेहरूको सपनालाई नबिल बैंकले पूरा गर्दै आइरहेको छ ।

अन्य बैंक तथा वित्तीय संस्थाबाट पनि शैक्षिक कर्जा नपाइने त होइन । तर, सरल र सहजरूपमा छोटो समयमै कर्जा उपलब्ध हुने भएको कारण पछिल्ला केही दशकमा शैक्षिक कर्जाको लागि नबिल बैंकको चर्चा चुलिँदै गएको पाइन्छ ।

यद्यपि, पछिल्लो समय अष्ट्रेलिया, क्यानडालगायतका देशहरूले शैक्षिक प्रणालीमा गरेको कडाइको कारण शैक्षिक कर्जा लिने नेपालीको सङ्ख्यामा केही ह्रास आएको पाइन्छ ।

शैक्षिक कर्जा लिएर विदेश पढ्न जानेहरूको प्रमुख गन्तव्य अष्ट्रेलिया, अमेरिका, क्यानडा भए पनि पछिल्लोसमय सो देशहरूमा गरिएको कडाइको कारण अहिले उच्च शिक्षाका लागि न्यूजिल्याण्ड जान धेरै कर्जाको माग बढेको बैंक स्रोतले बताएको छ ।

त्यस्तै, पछिल्लोसमय उच्च शिक्षाका लागि जापान जान चाहने विद्यार्थीहरूले पनि नबिल बैंकमा शैक्षिक कर्जाका लागि आवेदन दिने गरेका छन् ।

शैक्षिक कर्जामा कतिसम्म रकम पाइन्छ ?

नबिल बैंकले शैक्षिक कर्जाको लागि आवेदन दिनेहरूलाई उनीहरूलाई आएको कलेज/विश्वविद्यालयको अफर लेटरको आधारमा कर्जा प्रवाह गर्दछ ।

त्यसैले यसमा कतिदेखि कतिसम्म पाइन्छ भन्दा पनि अफर लेटर कुन देशको कस्तो कलेज वा विश्वविद्यालयको भन्नेमा भर पर्दछ । सोही आधारमा बैंकले शैक्षिक कर्जास्वरूप व्यक्तिलाई ४० लाखदेखि ६० लाखसम्म कर्जा उपलब्ध गराउँछ ।

यद्यपि, अफर लेटर आउन ढिला भएको खण्डमा व्यक्तिको चल तथा अचल सम्पत्तिको आधारमा पनि बैंकले शैक्षिक कर्जा उपलब्ध गराउँछ । जसको लागि अफर लेटर पर्खन नपर्ने बैंकको दाबी छ ।

उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूको भर्ना प्रक्रियामा ढिलाइ नहोस् भन्ने हेतुले अफर लेटर आउनु अगावै पनि शैक्षिक कर्जा प्रदान गर्ने गरेको बैंकले जनाएको छ ।

कसरी लिने नबिलको शैक्षिक लोन ?

नबिल बैंकबाट शैक्षिक कर्जा लिनका लागि विद्यार्थीहरूले प्रयासरत कलेज/विश्वविद्यालयको पाठ्यक्रम र त्यसको लागि लाग्ने अनुमानित खर्च प्रष्ट पार्ने कागजातसहित बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सक्नेछन् ।

यदि बाहिरी कलेज तथा विश्वविद्यालयबाट आएको अफर लेटर छ भने अझ यो कर्जा पाउन सहज हुने बैंकको भनाइ छ । शैक्षिक कर्जाको सहजीकरणको लागि बैंकले शिक्षा हबका रूपमा नयाँ शाखा अर्थात् २५६ औँ बैंकिङ शाखा पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा सञ्चालन गरिरहेको छ ।

जसबाट शैक्षिक कर्जालगायत चाहिने अरू सम्पूर्ण बैंकिङ सेवा एक ठाउँबाट लिन सकिन्छ ।

शैक्षिक कर्जा प्रवाहमा नबिलको पहल 

शैक्षिक कर्जा प्रवाहका लागि बैंकले विभिन्न समयमा विभिन्न प्रकारका नयाँ नयाँ काम तथा व्यवस्थाहरू पनि सञ्चालन गर्दै आइरहेको छ । त्यस्तैमा बैंकबाट प्रवाह हुने शैक्षिक कर्जाको सहरीकरणका लागि बैंकले २०७५-०५-०८ मा विभिन्न परामर्शदाताहरूसँग पनि छलफल तथा बृहत् अन्तरक्रिया गरेको थियो ।

उक्त अन्तर्क्रिया कार्यक्रम बैंकका तत्कालीन अध्यक्ष शम्भुप्रसाद पौड्यालले उद्घाटन गरेका थिए । सो कार्यक्रममा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलगायत अन्य वरिष्ठ व्यवस्थापकहरूको उपस्थिति रहेको थियो ।

शैक्षिक कर्जा प्रवाह लाई थप सहज बनाउँदै विद्यार्थीहरूलाई सहजरूपमा प्रदान गर्न सकियोस् भन्ने हेतुसहित बैंकले शैक्षिक कर्जामा यो नयाँ व्यवस्था सुरू गरेको थियो । यो नयाँ व्यवस्था लागू भएसँगै विद्यार्थीहरूलाई शैक्षिक कर्जा सेवा प्रदान गर्न तुलनात्मकरूपमा सहज भएको बैंकको दाबी छ ।

जसबाट विद्यार्थीलाई एकातिर कर्जा प्रक्रियाको लागि पर्याप्त समय उपलब्ध हुने र शत्रमा देखिने चाप तथा छोटो समयमा प्रक्रिया पुर्‍याउनुपर्ने बाध्यताबाट विद्यार्थीहरू मुक्त पनि भएका छन् ।

नबिल बैंकको शिक्षा हबका रूपमा रहेको उक्त शाखाबाट आइल्स, टोफेल, जिएरआई, एसएटी लगायतका परीक्षाको दर्ता शुल्क, भिसा प्रक्रिया शुल्कको, कलेज तथा विश्वविद्यालयहरूमा ट्युसन शुल्क र अन्य शुल्कहरूको लागि विदेशी मुद्रा विनिमय दिने लगायतका सुविधासमेत पाइने बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved