सरकारमा सहभागिता बारे निर्णय गर्न एकीकृत समाजवादीको बैठक बस्दै

नेपालभ्युज

सरकारमा सहभागिता बारे निर्णय गर्न एकीकृत समाजवादीको बैठक बस्दै

काठमाडौं । सरकारमा सहभागीताका विषयमा निर्णय गर्न नेकपा एकीकृत समाजवादीले सचिवालयको बैठक बोलाएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने सो पार्टीले जनाएको छ ।

नयाँ सत्ता गठबन्धन र सरकारमा सहभागी हुने नहुने निर्णय गर्न बैठक बस्न लागेको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । यसअघिको गठबन्धनमा समेत सहभागी एकीकृत समाजवादीलाई नयाँ गठबन्धनमा समेत सहभागी हुन माओवादी केन्द्र र नेकपा एमलेको तीव्र दबाब छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीसहितका नेता नेपालको निवास पुगेर गठबन्धन र सरकारमा सहभागी हुन आग्रह गरिरहेका छन् ।

मंगलबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी ओलीसहितका नेतासँगको भेटमा अध्यक्ष नेपालले सकारात्मक जवाफ दिएको नेताहरूको दाबी छ ।

सोही विषयमा छलफल गर्न समाजवादीले बैठक बोलाएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved