अरुप्रति ईर्ष्याको भावनाले बिगार्न सक्छ मानसिक स्वास्थ्य, यसरी बच्नुहोस

नेपालभ्युज

अरुप्रति ईर्ष्याको भावनाले बिगार्न सक्छ मानसिक स्वास्थ्य, यसरी बच्नुहोस

एजेन्सी । दोस्रो व्यक्तिप्रति ईर्ष्याको भावना राख्नाले नकारात्मकता आउने गर्छ । जसले गर्दा उसको मानसिक स्वास्थ्यमा पनि नराम्रो असर पर्दछ ।

आज हामी केही टिप्स बताउनेछौं जसको सहयोगले आफूभित्रको ईर्ष्याको भावनाबाट छुट्कारा पाउन सक्नुहुन्छ ।

यदि तपाईं कसैसँग जलिरहनु भएको छ वा ईर्ष्या गर्नुहुन्छ भने यसको कारण जान्ने कोसिस गर्नुहोस् । किनकी आत्मविश्वासको कमीले गर्दा नै मानिसले अरुसँग ईर्ष्याको भावना राख्छ ।

अरुप्रति ईर्ष्याको भावना मेटाउन आफूलाई आफू जसरी नै स्वीकार गर्न सिक्नुहोस् । किनकी कयौंपटक हामीले आफूमा भएको कमीका कारण नै अरुसँग ईर्ष्याको भावना राख्छौं ।

तपाईंभित्र कसैप्रति ईर्ष्याको भावना छ भने त्यसलाई स्वीकार गर्नुहोस् । यसबाहेक आफूमा कुनै पनि नकारात्मक भावना हाबी हुन नदिनुहोस् ।

त्यस्तै अरुप्रति ईर्ष्याको भावना नराख्न विविधतालाई स्वीकार्नुहोस् । किनकी सबै मानिस एउटै हुँदैनन्, संसारमा भएका हरेक प्राणी फरक प्रकृतिका हुन्छन् र सबैको रुप, रंग, दिमाग फरक प्रकारको हुन्छ भन्ने स्वीकार्नुहोस् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved