वर्तमान गठबन्धन संकटमा पुगेको एमाले निश्कर्ष, प्रचण्डले कांग्रेससँगको सहकार्य तोडे साथ दिन तयार

नेपालभ्युज

वर्तमान गठबन्धन संकटमा पुगेको एमाले निश्कर्ष, प्रचण्डले कांग्रेससँगको सहकार्य तोडे साथ दिन तयार

काठमाडौं । नेकपा एमालेले वर्तमान सत्ता गठबन्धनबाट मुलुकले निकास नपाउने निश्कर्ष निकालेको छ ।

बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवलाय बैठकले सत्ता गठबन्धन संकटमा पुगेको निश्कर्ष निकालेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धनलाई छोडीदिए नयाँ ढंगले एमाले अगाडि बढ्न तयार रहेको निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहकार्य कठिन भएको बताएपछि एमाले छलफलमा जुटेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्ड कांग्रेससँगको सहकार्य टुटाउन तयार भए एमाले नयाँ ढंगले अघि बढ्न तयार रहेको एमालेले बताएको छ ।

सचिवालयको निश्कर्ष बोकेर अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुग्दैछन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved