अम्बानीको बिहेमा आएकी हलिउड गायिका रिहानाको लगेजमा के छ ?

नेपालभ्युज

अम्बानीको बिहेमा आएकी हलिउड गायिका रिहानाको लगेजमा के छ ?

एजेन्सी । अहिले चर्चाको विषय बनेको छ- हलिउड गायिका रिहानाको लगेज । व्यवसायी मुकेश अम्बानीका कान्छा छोरा अनन्त अम्बानीको विवाहमा गीत गाउन भारतको जामनगर आइपुगेकी रिहानाको सामान पनि त्यहाँ पुगिसकेको छ ।

सामान्य परिवारले घर नै सारे जति रिहानाको सामान छ । ठूला-ठूला ट्रलीमा उनका सामान गइरहेका देखिन्छन् । यो उनको लागि मात्र हो वा सबै टीमका लागि हो त्यो त थाहा हुन बाँकी छ ।

कुनै कन्टेनरको साइजका लगेज त्यो पनि एक मात्र होइन धेरै देखेपछि जो कोही चकित भइरहेका छन् । कतिपयले भारतमा यस्तो दृश्य पहिले कहिल्यै नदेखेको समेत बताइरहेका छन् ।

मिडिया रिपोर्ट मान्ने हो भने रिहाना, अरजित सिंह, दिलजीत दोसाँज, अजयअतुल र जादुगर डेविड ब्लाइनेले अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाह अघि प्रस्तुती दिनेछन् । जो मार्च एक गतेदेखि तीन गतेसम्म चल्नेछ ।

त्यस्तै भारतका चर्चित कलाकार शाहरुख खान, रजनीकान्त, सलमान खान, अमिताभ बच्चन, अक्षय कुमार लगायत थुप्रै कलाकार विवाहका समारोहका लागि पुगिरहेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved