चितवन पुगेर माधवले भनेः गठबन्धनमा समस्या छैन

नेपालभ्युज

चितवन पुगेर माधवले भनेः गठबन्धनमा समस्या छैन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् ।

चितवन विहीबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले भने, ‘गठबन्धनमा त्यस्तो कुनै प्रश्न खडा भएको छैन । गठबन्धन धर्मराएको पनि छैन । बलियो जगमा उभिएको छ ।’

धेरै राजनीतिक दल गठबन्धनमा रहेकाले सामान्य समस्या आउने उल्लेख गर्दै अध्यक्ष नेपालले ती समस्याको समाधान खोजिने बताए । देखिएका समस्याको छलफलबाट उपाय निकालिने उनको भनाइ थियो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र आफ्नो पाटीको बैठक बसेको तथा विचारहरु आएको उल्लेख गर्दै उनले विचारको आधारमा कुन ढङ्गले अघि बढ्छन् त्यो हेर्न बाँकी रहेको बताए ।

गठबन्धनमा देखिएका दरारलाई समाधान गर्दै अघि बढ्ने अध्यक्ष नेपालको भनाइ थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved