गाजामा मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो

नेपालभ्युज

गाजामा मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो
(तस्वीर स्रोतः बीबीसी)

काठमाडौं । अक्टोबर ७ देखि सुरु भएको द्धन्दपश्चात गाजामा मृत्यु हुनेको संख्या ३० हजार नाघेको हमासको अधिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो संख्या भनेको गाजाको करिब २३ लाख जनसंख्याको १.३ प्रतिशत हो। मन्त्रालयका अनुसार मृत्यु हुनेमा अधिकतम महिला र बालबालिका रहेका छन्।

सो तथ्याङ्कमा भने लडाकु र आम नागरिक छुट्याइएको छैन । बिहीबारको अपडेटअनुसार विगत २४ घण्टामा ८१ मानिस मारिएसँगै मृत्यु हुनेको संख्या ३० हजार ३५ पुगेको हो।

यद्यपि, वास्तविकमा यो मृत्युको आकडा योभन्दा बढि हुन सक्ने बताइएको छ। सो तथ्याङ्कमा अस्पताल नपुगेका मानिस तथा इजरायलको हवाई आक्रमणका कारण भवन भत्किँदा बेपत्ता भएका हजारौंलाई भने गणना गरिएको छैन।

गाजा स्वास्थ्य मन्त्रालयले ७० हजार मानिस घाइते भएको जनाएको छ। सो तथ्याङ्कलाई संयुक्त राज्यका संस्था तथा अन्य अन्तर्राष्ट्रिय संस्थालाई आधिकारीक मान्यता दिएका छन्।

गाजा निकायसँग दीर्घकालीन सहकार्य जारी रहेको विश्व स्वास्थ्य संगठन डब्लूएचओले जनाएको छ। सोअनुरुप आमनागरिकको मृत्यु हुने संख्या अधिकतम भएको देखाएको छ। संयुक्त राज्यका संस्थाले पनि सो तथ्याङ्क विश्वसनीय भएको जनाएको छ।

इजरायली सेनाले भने करिब १० हजार आतकंवादी मारिएको दाबी गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved