त्यस्तो स्मुदी जसले बनाउनेछ सधैं सुन्दर र जवान

नेपालभ्युज

त्यस्तो स्मुदी जसले बनाउनेछ सधैं सुन्दर र जवान

एजेन्सी । स्मुदीको सेवन गर्दा तपाईंले धेरै लाभ प्राप्त गर्न सक्नुहुन्छ । यो तपाईंको स्वास्थ्यसँगै छाला तथा कपालका लागि पनि एकदमै राम्रो हुन्छ ।

आज जान्नुहोस् त्यस्ता केही स्वस्थकर स्मुदीका बारेमा जसको सेवनले तपाईं सुन्दर तथा जवान रहिरहन सक्नुहुन्छ ।

छाला र कपाल स्वस्थ राख्नका लागि पालकको स्मुदी खान सकिन्छ । यसमा म्याग्नेशियम, जिंक, भिटामिन ए, आइरन, म्याग्नेशियम र फोलेट जस्ता गुण हुन्छन् जसले छाला र कपाललाई स्वस्थ राख्छ  ।

सुन्दर र जवान रहिरहन नियमित रुपमा सीड्स अर्थात विभिन्न बिजहरुबाट बनेको स्मुदी सेवन गर्न सक्नुहुन्छ । यसका लागि सूर्यमुखीको बीज, फर्सीको बीज, तिल आलस र चिया सिड्स मिसाउनुहोस् । यसमा क्याल्सियम, ओमेगा ३ फ्याडी एसिड, जिंक जस्ता तत्व भरपूर मात्रामा पाइन्छ ।

खजुर र केराको स्मुदीमा एन्टीअक्सीडेन्ट तथा पोटाशियमको गुण हुन्छ । यसको नियमित सेवनले छालालाई जवान बनाइराख्न र कपाललाई पनि स्वस्थ राख्न सहयोग गर्छ ।

छाला र कपाललाई स्वस्थ राख्न स्ट्रबेरीको स्मुदी पनि पिउन सकिन्छ । यसमा पनि छाला तथा कपालका लागि आवश्यक भिटामिन्स प्राप्त हुन्छ ।

कीवीको स्मुदीमा भिटामिन सी र ई हुन्छ, जसले कोलेजनको निर्माणलाई बढावा दिन्छ । यसले छालामा मरेका कोषिकालाई कम गर्छ र कपालमा पनि चमक ल्याउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved