बेपत्ता भएका युवा खोज्न बिहीबार सेती नदीको बाँध खोलिने

नेपालभ्युज

बेपत्ता भएका युवा खोज्न बिहीबार सेती नदीको बाँध खोलिने

काठमाडौं । माछा मार्ने क्रममा बेपत्ता भएका युवालाई खोज्न सेती नदीको बाँध खोलिने भएको छ ।

बिहीबार बिहान ८ बजेदेखि बाँध खोलिने जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी श्रवणकुमार बिकले जानकारी दिए ।

फागुन १३ गते सेती नदीमा माछा मार्ने क्रममा पोखरा महानगरपालिका-१ सिम्पानीका सार्की लामा तामाङ सम्पर्कविहीन भएका थिए । नेपाल प्रहरी, सशस्त्र प्रहरीका गोताखोरले खोज्दा पनि नभेटिएपछि बाँध खोल्न लागिएको डीएसपी बिकले बताए ।

बाँध खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन प्रहरीले आग्रह गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved