चिनियाँ राजदूतको दौडधुप : प्रधानमन्त्रीपछि झलनाथ खनाललाई पनि भेटे

नेपालभ्युज

चिनियाँ राजदूतको दौडधुप : प्रधानमन्त्रीपछि झलनाथ खनाललाई पनि भेटे

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङबीच मंगलबार बिहान पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा शिष्टाचार भेटघाट भएको छ ।

भेटका अवसरमा उनीहरूबीच समसामायिक राजनीतिक परिस्थिति, आपसी हित तथा नेपाल चीन सम्बन्धका विविध विषयमा कुराकानी भएको एकीकृत समाजवादीका विदेश विभाग सचिव डा शङ्कर खतिवडाले जानकारी दिए ।

सोमबार बिहान राजदूत छनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए ।

सत्ता गठबन्धनमा असन्तुष्टि बढिरहेका बेलामा सोङले शिर्ष नेतालाई भेट्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved