मगर समुदायले आज राष्ट्रिय मगर एकता दिवस मनाउँदै, विभिन्न पालिकामा सार्वजनिक बिदा

नेपालभ्युज

मगर समुदायले आज राष्ट्रिय मगर एकता दिवस मनाउँदै, विभिन्न पालिकामा सार्वजनिक बिदा

काठमाडौं । मगर समुदायले आज ४२औँ राष्ट्रिय मगर एकता दिवस मनाउँदै छन् । मुलुकभरका मगर समुदायले आज विविध कार्यक्रम गरि दिवस मनाउन लागेका हुन् । मगर समुदायको बाहुल्यता रहेका कतिपय पालिकाले आज दिवसका अवसरमा सार्वजनिक बिदा समेत दिएका छन् ।

मगर बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का आठवटै पालिकाले स्थापना दिवसमा सार्वजनिक बिदा दिएका छन् ।

गैंडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र हुप्सेकोट, विनयीत्रिवेणी, बुलिङटार, बौदीकाली गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका हुन् । नेपाल मगर संघ जिल्ला कार्यसमिति तथा अन्य समूहले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको मगर संघले जनाएको छ ।

मगर समुदायको बाहुल्य रहेको पाल्पामा पनि सार्वजनिक बिदा दिइएको छ । जिल्लाका सबै स्थानीय तहमा मगर समुदायका संघ संस्थाले विविध कार्यक्रम आयोजना गरेर यो दिवस मनाउँदै छन्।

मगर जातिको अधिकार र अस्तित्वको रक्षाका लागि नेपाल मगर संघको स्थापना भएको अवसरमा हरेक वर्ष फागुन १५ गते दिवस मनाउन थालिएको हो । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा मगर समुदायको जनसंख्या २० लाख १३ हजार चार सय ९८ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved