स्वर्गीय गायक आचार्यको अन्तिम संस्कार गरिँदै, श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने

नेपालभ्युज

स्वर्गीय गायक आचार्यको अन्तिम संस्कार गरिँदै, श्रद्धाञ्जलीका लागि प्रज्ञा प्रतिष्ठानमा राखिने

काठमाडौं । गायक तथा संगीतकार स्वर्गीय भक्तराज आचार्यको आज अन्त्येष्टि गरिदैछ ।

आज अपरान्ह पशुपतिस्थित आर्यघाटमा उहाँको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । त्यसअघि उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने छ ।

आचार्यको पार्थिव शरीर मंगलबार बिहान ९ बजे प्रतिष्ठानको प्रांगण लगिने छ । श्रद्धाञ्जलीका क्रममा स्व.आचार्यको सम्मानमा संगीतकर्मीले आचार्यका गीत गाउनेछन् ।

दिउँसो १ बजेपछि अन्तिम श्रद्धाञ्जलीका लागि आचार्यको पार्थिव शरीरलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा लगिनेछ । ८१ वर्षको उमेरमा सोमबार उनको निधन भएको थियो ।

उपचारका लागि मेडिसिटी अस्पताल लैजाँदै गर्दा दिउँसो ४ बजेतिर बाटोमै उनको निधन भएको हो । उनी लामो समयदेखि बिरामी थिए ।

झण्डै तीन दशक आचार्य बोल्न नसक्ने भएर बाचेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved