रहेनन् भजन शिरोमणि भक्तराज आचार्य

नेपालभ्युज

रहेनन् भजन शिरोमणि भक्तराज आचार्य

काठमाडौं । नेपाली गीतसङ्गीत जगतका चर्चित व्यक्तित्व भक्तराज आचार्यको ८१ वर्षको उमेरमा निधन भएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि मेडिसीटी अस्पताल पुर्याएलगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

भजन शिरोमणि आचार्य लामो समययता बिरामी थिए । उनलाई भजन शिरोमणिको उपनामले पनि चिनिन्छ ।

उनी विसं १९९९ साल असोज १६ मा जन्मिएका थिए । आचार्य ३० वर्षदेखि दूध मात्रै खाएर बाँचिरहेका थिए ।

नेपाली सुगम सङ्गीतमा उनको विशिष्ट स्थान छ । उनी स्वरसम्राट नारायणगोपालका समकालीन गायक हुन् ।

आचार्यका, जहाँ छन् बुद्धका आँखा, मुटु जलिरहेछ, जति चोट दिन्छौ,  हजार सपनाहरूको माया लायर आउँछ, माया मेरी साँझ बिहान, हजार आँखा हेर्ने लगायत गीत लोकप्रिय छन् । आचार्यले झन्डै ४०० गीतमा स्वर तथा सङ्गीत दिएका छन् ।

उनका छोराहरू सत्य र स्वरूप पनि संगीत कर्ममा सक्रिय छन् ।

आचार्यको पार्थिव शरीरलाई मंगलबार बिहान ९ बजे सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको परिसरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको छ ।


Comment

One thought on “रहेनन् भजन शिरोमणि भक्तराज आचार्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved