नेपाल भूराजनीतिको जटिल अवस्थामा छ : अग्नि सापकोटा

नेपालभ्युज

नेपाल भूराजनीतिको जटिल अवस्थामा छ : अग्नि सापकोटा

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपाल अहिले भूराजनीतिको जटिल अवस्थामा रहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाललाई नेपालीहरुले नै रक्षा गर्नुपर्ने बताए ।

सापकोटाले नेपालीहरुलाई राजनीतिक दलहरुले बाटो देखाउनुपर्ने बताए । राजनीतिक दलहरुले बाटो देखाउन नसके दलहरु सकिने दिन आउने उनको भनाई छ ।

नेपाली जनतालाई ठिक ढंगले बाटो देखाउने हो भने धर्तीको कुनै तागतले नेपालीलाई हानी पुर्‍याउन नसक्ने सापकोटाले दाबी गरे ।

उपाध्यक्ष सापकोटाले राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा र प्रियतावाद बढिरहेको बताए । कतिपय प्रियतावादीहरुलाई राजनीति चटकबाजी लागिरहेको उनले गुनासो गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved